Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा अघि बढ्दै सानिमा लाइफ इन्स्योरेन्स, एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ललितपुर र काठमाडौँमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले लतिपुरको ग्वार्को, गोङ्गबु र किर्तिपुरमा नयाँ शाखा विस्तार गरेको हो ।
गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन् । ललितपुरको ग्वार्कोमा इन्स्योरेन्सका संचालक घनश्याम थापाले शाखा उद्घाटन गरेका छन् । त्यस्तै किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा गरेका हुन् ।
शाखा कार्यालयको उद्घाटन अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK