Skip to content
LAXMI SUNRISE BANK

सानिमा लाईफ इन्स्योरेन्स र कञ्चन बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा खरिद गर्न सकिने

अर्थ सरोकार

काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र  कञ्चन बिकास बैंकबीच वीमा सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीनाले र कञ्चन बिकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशीले हस्ताक्षर गरेका थिए। 
सम्झौता अनुसार  कञ्चन बिकास बैंकको सम्पुर्ण शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्स लि को उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन् । उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगाएतको उपस्थिति  रहेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK