×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गर्यो सहुलियत कर्जाको विषयमा कृषकसँग अन्तरक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गर्यो सहुलियत कर्जाको विषयमा कृषकसँग अन्तरक्रिया

Artha Sarokar

७ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेडले गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ५ र ६ का कृषकहरुसगँ सहुलियतपूर्ण कर्जाको उपयोग र यसको ब्याजमा पाईने अनुदानको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । छत्रकोट गाउँपालिकाका प्रमुख मधुकृष्ण पन्तको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।
आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण भएको भन्दै कृषि तथा कृषिजन्य व्यवसायमा संलग्न ग्रामिण क्षेत्रका जनताको बैंकिग पहुंच र सचेतनामा बृद्धि गर्नुको साथै उद्यम र पशुपालन लाई ब्यवसायीकरण गर्ने उदेश्यले उक्त कार्यक्रको आयोजना गरीएको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै छत्रकोट गाउँपालीका अध्यक्ष मधुकृष्ण पन्तले बैंकबाट प्राप्त हुने सहुलियत पुर्ण कर्जा लिई गाउँका सबै कृषकहरु आगामी दिनमा स्वरोजगार तर्फ उन्मुख हुनपर्ने बताए । सर्वसाधारण जनतालाई कृषि उद्यम तर्फ आर्कषित गर्न वित्तीय सचेतना सम्वन्धी कार्यक्रम तथा ग्रामीण क्षेत्रमा शाखा विस्तारबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा बैंकलाइ धन्यवाद पनि दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी