काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स लि. ले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापार्गाइं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतन लाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाहरुको शुभारम्भ गरे ।
सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो । बीमालेखले बीमितको साथै नीजको पतिको समेत दुर्घट्ना बीमा जोखिम बहन गरेको छ । यसको साथसाथै बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्था आई परेमा सो सम्बन्धमा आई पर्ने खर्च बहन गर्ने दुर्घट्ना जन्य कारण –(वाढी,पहीरो,आगलागी, भुईचालो) बाट घरायसी सामानको क्षति भएमा सो समेत जोखिम बहन गर्ने तथा सुत्केरी गराउने सिलसिलामा अपरेशन वा सुत्केरी हुन नसकी बीमितको मृत्यु भएमा जस्ता सेवा समावेश गरिएको छ ।
यस्तै अर्को महत्वपुर्ण बिमामा सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्ष सम्मका सन्तान एकै बीमालेखमा समावेश गर्ने छ । वीमीतको पति वा पत्नीको जोखिम समेत बहन गर्ने, साथै बीमीतको १८ बर्ष सम्मका दुई वच्चाहरुको दुर्घट्ना जोखिम वहन गरिएको तथा एक परिवारलाई एकै बीमालेखले सुरक्षित गर्ने
अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले Professional Indemnity For Doctor’s And Medical Practitioners बीमा रहेको छ । यस बीमालेखले प्रचलित अन्य बीमालेख भन्दा फरक ढङ्गले सामुहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपूर्ति दिन्छ ।
यस कम्पनीले ७० भन्दा बढी शाखा सञ्जालबाट आफ्ना सेवाहरु विस्तार गरी रहेका पनि जानकारी गराएको छ । सोही कार्यक्रममा यस संस्थाले आफ्नो सद्भावना दुतको रुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्