×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक एटिएम सेवा सोलुखुम्बुको खुम्जुङमा, कुल एटिएम १४२ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंक एटिएम सेवा सोलुखुम्बुको खुम्जुङमा, कुल एटिएम १४२ पुग्यो

Artha Sarokar

३० पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटिएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३ हजार ७ सय ९० मि. उचाइमा अवस्थित उक्त एटिएम, नेपालको सबै भन्दा अग्लो स्थानमा रहेको एटिएम हो ।
नाम्चेबजार भन्दा माथि सिद्धार्थ बैंकको एटिएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न सहज भएको छ । एटिएमको सञ्चालनले यस क्षेत्र लगायत एभरेष्ट बेस क्यामप भ्रमण गर्न आउने पर्यटकहरुका लागि थप सुविधा पुगेको छ ।
खुम्जुङमा सञ्चालनमा आएको यस एटिएमसँगै सिद्धार्थ बैंकको हाल देशभर १४२ एटिएम, १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा र १,२०० भन्दा बढी पिओएस मेसिन संचालनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी