
- मल्टिमिडिया ब्यूरो / अर्थ सरोकार डटकम
काठमाडौँ- सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरिएको घोषणा गरेको हो ।
बैंकिङ सेवालाई अझै प्रभावकारी बनाउन र नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्न मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए। बैंकले मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्यमा सहजता आउने विश्वास पनि व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्रान्ड एम्बासडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिइन् । उनले मिस नेपालबाट लाभ लिने काममा बैंकलाई सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गरिन् ।
५३ वर्ष अघि स्थापना भएको सो बैंकको देशभर २ सय १० वटा शाखा कार्यालय रहेका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्