काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पौष १७ गते दार्चुलाको खलङ्गामा एक कार्यक्रमका अवसरमा बीमा जागरण अभियान तथा अभिकर्ता लाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीका महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथीहरुमा दार्चुलाका जिल्ला न्यायधीस गरीराज गौतम, प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्य, नेपाली सेनाका गुल्मपती दुर्गा रावल, सशस्त्र प्रहरीका निमित्त गुल्मपती ईश्वरी दत्त भट्ट लगायत स्थानीय समाजसेवी, पत्रकार, उपस्थिती रहेको थियो ।
खलङ्गाको खुला मञ्चमा भएको उक्त कार्यक्तममा करिव पच्चीस सय जनाको सहभागीता रहेको थियो । बीमा जागरण कार्यक्रममा दार्चुलाका जिल्ला न्यायधीस गिरीराज गौतमले शुभकामना मन्तब्य दिनुका साथै महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश प्रकाश पारेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्