काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा डोटी र डडेल्धुरामा छुट्टाछुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । डोटीमा भएको कार्यक्रममा कम्पनीका महा प्रवन्धक कमलराज गौतमको सभापतित्वमा संचालनमा कार्यक्रमको प्रमुख अतिथीहरुमा दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मलासी, उपमेयर शिवराज खड्का, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला स्थित सरकारीतथा गैरसरकारी कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु ल्गायत स्थानीय समाजसेवी, पत्रकार उपस्थिती रहेको थियो ।
डडेल्धुरामा संचालित कार्यक्रममा सामाजिक अभियन्ता तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले फजुल खर्च गर्नु भन्दा बीमा गर्न आग्रह गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय डडेल्धुराले शनिबार जिल्ला सदरमुकाम बस पार्कमा आयोजना गरेको बीमा जागरण कार्यक्रममा बताएका छन् । कार्यक्रममा सहभागी हुन पहिलो पटक डडेल्धुरा आएका धुर्मुसले भने, रक्सी–जाड, चुरोट खाने पैसाले बीमा गर्ने र आफ्नो परिवार खुशी बनाउँन आग्रह गरेका छन् ।
कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका महा प्रबन्धक कलमराज गौतम, डडेल्धुरा अमरगडि नगरपालिकाका नगर प्रमुख विशेश्वर ओझा, जिल्ला न्यायधिस कृष्णचन्द ज्ञवालि, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसि, ससस्त्र प्रहरी बलका प्रमुख रमेशबहादुर कुवर, पत्रकार महसंघका अध्यक्ष मानबहादुर साउद लगायतको सहभागिता थियो । ५ हजार बढि व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महा प्रबन्धक गौतमले बीमाबारे जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्