×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुईतिहाइको सरकार हुँदा पनि हटेन भ्रष्टाचार, भ्रष्टाचार सूचांकमा नेपाल पछाडीबाट गन्दा १८औँ स्थानमा (भिडियो)

PRIME CA

दुईतिहाइको सरकार हुँदा पनि हटेन भ्रष्टाचार, भ्रष्टाचार सूचांकमा नेपाल पछाडीबाट गन्दा १८औँ स्थानमा (भिडियो)

१५ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- दुईतिहाईको सरकार गठन भएपछि पनि नेपालमा भ्रष्टाचारमा कमि आउन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कले निर्वाचपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी , राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालिन समस्या विद्यमान रहेको देखाएको हो । मुलुकमा स्थिर राजनीति कायम भएको भन्दै दुईतिहाईको सरकारले भ्रष्टाचार नियन्त्रणलाई मुल नारा बनाएको भएपनि सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमीका कारण नेपाल गतबर्षको भ्रष्टाचार सूचांक भन्दा माथि उठ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कले नेपाललाई गत बर्षकै स्थानमा अर्थात् धेरै भ्रष्टाचार हुने मुलुकहरु मध्ये (पछाडीबाट गन्दा ) १८ औ स्थानमा देखाएको हो । विभिन्न ६ वटा संस्थाले १ सय ८० देशमा गरेको सर्वेक्षणका आधारमा भ्रष्टाचार अवधारण सूचकांङ्क २०१८ मा नेपाललाई १ सय मा ३१ अंक दिईएको छ । यो गत बर्षकै अंक भएकाले यस बर्ष पनि भ्रष्टाचारको अवधारणामा सुधार देखिदैन । दक्षिण एसियाका मुलुकहरु मध्ये नेपाल तेश्रो बढी भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएको छ । पहिलोमा अफगानिस्तान र दोश्रोमा बंगलादेश रहेका छन् । सूचकाङ्कमा समावेश १ सय ८० देश मध्ये डेनमार्क कुल १०० मा ८८ अंक प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: