Skip to content
LAXMI SUNRISE BANK

मकवानपुरको पालुङगमा यात्रु प्रतिक्षालय निर्माणमा कृषि विकास बैंकको सहयोग

अर्थ सरोकार

कृषि विकास बैंकले मकवानपुरको पालुङगमा यात्रु प्रतिक्षालय निर्माणमा आर्थिक सहयोग गरेको छ । थाहा नगरपालिकाको ओखरबजारमा कृषि विकास बैंंकको एक लाख तथा स्थानियको सहयोग र जनश्रमदानबाट निर्माण भएको यात्रु प्रतिक्षालयको नगर प्रमुख लबशेर विष्ट र बैंकको क्षेत्रीय कार्यालयका निर्देशक बाबुकाजी थापाले संयुक्त रुपमा उदघाटन गरे । 
कार्यक्रममा नगर प्रमुख विष्टले कृषि विकास बैंकले कर्जा तथा विभिन्न प्रकारको बैंकिङ सेवाबाट स्थानिय जनताको मन जित्न सफल भएको छ । नगरको एक मात्र पहिलो प्रतिक्षालय निमार्णमा गरेको सहयोगले गाडीको प्रतिक्षामा रहेको यात्रुलाई सहज बनाएको बताउंदै आगामी दिनमा यस्तै प्रकारका अन्य विकास निर्माणका कार्यक्रममा हातेमालो गरी अगाडी बढन नगरपालिका तयार रहेको बिचार व्यक्त गरे । 
बैंकका क्षेत्रीय निर्देशक बाबुकाजी थापाले यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्दै स्थानिय जनतालाई बैकले ल्याएको विभिन्न अत्याधुनिक सुविधा उपभोग गर्न अनुरोध गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK