काठमाडौँ – कैलाली जिल्लाको गेटा आँखा अस्पताल धनगढीमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योति संगका उपाध्यक्ष चक्रबहादुर सिंहद्धारा संयूक्त रुपमा औपचारिक उद्घाटन भएको हो ।
कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योतिसंगका उपाध्यक्ष चक्रबहादुर सिंहले अस्पतालमा आउने विरामी तथा कर्मचारीहरुका लागि वित्तिय कारोबार गर्न सहजता हुनुका साथै सुदुरपश्चिमका ९ जिल्लाबाट रकम प्राप्त गर्न र रकम पठाउनमा सहजता हुने बताए ।
उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. कामु उप–महाप्रबन्धक चुडामणी तिम्सिना, सामान्य सेवा विभागका विभागीय प्रमुख दीर्घबहादुर अर्याल, क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्