काठमाडौँ – कृषि विकास बैंकको जोगबुढा शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति अनिल कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा आलिताल गाउँपालिकाका दलित तथा पिछाडीएका समूदायको जीवनस्तर उकास्ने उद्देश्यले मह काढ्ने वेला प्रयोगमा आउने विविध उपकरण लगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ । साथै १३ जना किसान (९ जना महिला र ४ जना पुरुष ) ग्राहकहरुलाई सहुलियत कर्जा समेत उपलव्ध गराईयो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गर्नुको साथै, ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आईरहेको बताए ।
नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको समेत जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्