
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौँ- संघीय संसदको अर्थ समितिले दुरसंचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि २ अरव ९६ करोडभन्दा बढि बक्यौता रकम एक महिना भित्र असुल गरिसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि सो परिमाणको बक्यौता रकम एक महिना भित्र असुल गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । सो बक्यौता रकम असुल नगरेसम्म ती संस्थाहरुलाई काम नगर्न÷नगराउन पनि सरकारलाई सचेत गराइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
९ वटा दुरसंचार सेवा प्रदायक संस्थाहरुले २०७५ साल पुस महिनासम्म २ अरव ९६ करोड, ८५ हजार भन्दा बढि बक्यौता रकम नेपाल सरकार र दूर संचार प्राधिकरणलाई बुझाउन बाँकि छ । सोही रकम एक महिना भित्र पनि नबुझाएमा त्यस्ता दूर संचार सेवा प्रदायक संस्थाहरु खारेज गर्ने प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देश गरिएको पनि सभापति दाहालले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्