Skip to content
LAXMI SUNRISE BANK

एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ११.८५% वृद्धि, प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार

काठमाडौं – एसियन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २ करोड ८९ लाख २७ हजार रुपैयाँ रहेको छ । यो नाफा गत वर्षको तुलनामा ११.८५% धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ५८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको जीवन बिमा कोषमा ११ अर्ब ३२ करोड ४२ लाख ४१ हजारबाट बढेर १५ अर्ब १३ लाख २६ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले महाविपत्ति जगेडामा ३ करोड ७२ लाख ४९ हजार ८८७ रुपैयाँ मात्र रहेको छ । गत वर्ष महाविपत्ति जगेडामा ४ करोड १२ लाख ५७ हजार रहेको थियो। 
कम्पनीको खुद बिमा शुल्क आय १ खर्ब ७३ करोड ४८ लाख ८८ हजार रुपैयाँ पुगेको छ भने कुल ९५ करोड ७५ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । 
कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४७१ रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ३४ लाख ४६ हजार ४८६ रुपैयाँ छ । यता, कम्पनीको  प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK