Skip to content
LAXMI SUNRISE BANK

नेपाल रेडक्रसको स्वास्थ्य क्षेत्रका कार्यक्रममा बेष्ट फाइनान्सले सहयोग गर्ने

अर्थ सरोकार

काठमाडौँ – बेष्ट फाइनान्स र नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टर बिच स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रम गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी च्याप्टरका तर्फबाट सचिव माधव अधिकारीले हस्ताक्षर गरेका छन् ।
फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरसंग स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी सामाग्री वितरण कार्यक्रम लगायत समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्नका लागि यो सहकार्य गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK