काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवनबीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ ।
काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो ।
बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
यस विशेषताले ग्राहकहरुलाई बीमा योजनाअनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउने छ । साथै कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ।
२०७४ कार्तिकदेखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पुस मसान्त सम्ममा २४५ करोडको लगानी गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्