
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौँ- नेपाल उद्योग परिसघंले नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्दश्यका साथ काठमाडौँमा गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको परिसघंले जनाएको हो । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसघंको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको परिसघंका अध्यक्ष हरिभक्त शर्माले आईतबार पत्रकार सम्मेलन माफ्त जानकारी दिएका छन् ।
सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथि वक्ता तथा उद्यम गरी सम्मानीत स्थानान पुगेका ६ जना सफल उद्यमीहरुले कार्यपत्र प्रस्तुत गर्ने परिसघंका अध्यक्ष शर्माले बताए । उद्यमशिलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै देश भरिबाट सहभागि हुने युवा, युवा उद्यमी बीच अन्तरसंवाद गराउदै विदेशमा रहेका युवालाई स्वदेशमा उद्यम ब्याबसाय गर्न सम्मेलनले सहयोग पुग्ने परि संघका अध्यक्ष शर्माले जानकारी दिए ।
सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष सहित ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरु तथा प्रदेशका उद्योगी, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने परिसघंकले जनाएको छ । हेरौं भिडियो रिपोर्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्