Skip to content
LAXMI SUNRISE BANK

गुणस्तरिय शिक्षाका लागि “डिशहोम उज्वल भविष्य” योजना सार्वजनिक, बर्दियाको दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

अर्थ सरोकार

काठमाडौं– डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । 
मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको जनाएको छ । 
डिशहोमले यस योजना अन्तर्गत बर्दिया जिल्लाको गुलरिया स्थित, त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ । कार्यक्रममा गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो । 
यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद श्री दशरथ चन्द उच्च माध्यामिक विद्यालय मा पनि शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ ।
डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसँगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।
नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कुलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्र्री साथै प्र्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ ।
मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहालेपनि बिचैमा छाड्नेहरूको तथ्यांक निकै ठूलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उद्देश्यले जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । कम्पनीले तराईका अन्य क्षेत्रमा र पहाडका ग्रामिण इलाकामा पनि निरन्तर शैक्षिक सामाग्री वितरण गर्दै जाने योजना बनाइरहेको छ । 
‘कम्पनीले सुरू गरेको “डिशहोम उज्वल भविष्य” कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरिय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेको डिस मिडिया नेटवर्कका महा प्रवन्धक कल्याण अधिकारीले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK