×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Exclusive : तस्विरमा हेर्नुहोस् हेलिकोप्टर दुर्घटना स्थल र दुर्घटनामा ध्वस्त भएको हेलिकोप्टर (फोटो)

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको निधन भएको छ । 
घटनास्थलमा स्थानीयबासी र प्रहरीको टोली पुगेको छ । स्थानीयका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । अहिले पनि आगो बलिरहेको छ । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै सुजन भट्टराइले भने, ‘सबै जलिसक्यो, बाँकी केहि छैन.’
अपरान्ह १२ बजेतिर हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयको भनाइ छ । 
पर्यटनमन्त्री अधिकारीसहित हेलिकप्टरमा सवारटानको डाइरेक्टर, यती एयरलाइन्सको प्रवन्ध निर्देशक आङछिरिङ शेर्पासहित ६ जना सवारसबैको निधन भएको हो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले मृत्युको पुष्टी गरिसकेको छ।

घटनापछी सिंहदरबारमा आकस्मिक बैठक बोलाइएको छ । सुरक्षा प्रमुखहरुको पनि बैठक बोलाइएको छ ।
गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए ।
स्थानीयका अनुसार हेलिकोप्टर टुक्रा टुक्रा भएको छ ।
दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताएका छन् । 
जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका छन् । उनका अनुसार अहिले पनि दुर्घटना भएको ठाउँमा धुँवाको मुस्लो देखिएको छ ।
सन् १९७९ मे ५ मा जन्मिएका अधिकारीको फेब्रुअरी २७, २०१९ मा निधन भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: