×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलिया पुर्‍याएर हजारौ विद्यार्थीलाई ठग्ने यी हुन् ‘लुटेरा कन्सलटेन्सीहरु’, एक्सपर्ट सबैभन्दा ठग ! (लिष्टसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अष्ट्रेलिया पुर्‍याएर हजारौ विद्यार्थीलाई ठग्ने यी हुन् ‘लुटेरा कन्सलटेन्सीहरु’, एक्सपर्ट सबैभन्दा ठग ! (लिष्टसहित)

Artha Sarokar

१० फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालका नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई बिचल्ली बनाउने गरेको खुलासा भएसँगै नेपाली कन्सलटेन्सी क्षेत्रमा लुट मच्चाएका कन्सलटेन्सीहरुका काला कर्तुतहरु पनि सार्वजनिक भएका छन् ।  नर्सिङमा आफ्नो भबिष्य  बनाउन अस्टेलिया पुगेका नेपाली विद्यार्थीहरु कन्सल्टेन्सीको वदमासीका कारण विचल्लीमा परेको खबर सार्वजनिक भएसँगै लुटेरा कन्सलटेन्सीहरुको कर्तुत बाहिर आएको हो । रजिष्टर्ड नै नभएको कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाएर केहि कन्सलटेन्सीहरुले करोडौं रकम लिएको रहस्य बाहिर आएको हो । 

यी हुन् विद्यार्थी ठग्ने लुटेरा कन्सलटेन्सीहरु !
यसरी विद्यार्थी लुट्नेमा एक्सपर्ट, अल्फा विटा, कंगारु एजुकेशन एण्ड फाउण्डेशन, वेभ प्रमिश सर्भिस, एडमार्क एजुकेशन पोखरा, सनराइज, काठमाडौं इन्फोसिस, डल्फिन, एबीसी माइग्रेसन एण्ड एजुकेशन, मर्सी एजुकेशन लगायतका कन्सल्टेन्सी छन्। यी मध्ये आफुलाई नाम चलेको बताउने एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले यसरी विद्यार्थीलाई बिचल्ली पार्ने कन्सलटेन्सी आफु नभएको भन्ने झुटो विज्ञप्ति जारी गरेपनि उसले विभिन्न कार्यक्रममा दर्ता नै नभएको कलेजमा भर्ना खुलाएको रहस्य अर्थ सरोकार डटकमले फेला पारेको छ । यी मध्ये सबैभन्दा बढी विद्यार्थी एक्स्पर्ट एजुकेसनले ठगेको पाइएको छ । यता आफ्ना विद्यार्थीले सामाजिक संजालदेखि विद्यार्थी काउन्सिलसम्म उजुरी र गुनासा गर्न थालेपनि अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआइबिटीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
विद्यार्थीलाई सहजीकरणको पहल 
एआइबिटी कलेजमा अध्यनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ । दुतावासले शुक्रबार अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ ।‘हामीले एआइबिटी बारे छानविन गर्न शिक्षा विभागलाई पत्र लेखेका छौ – कार्यवहाक राजदूत दुरपदा सापकोटाले भनिन् – ‘यस बारे छिटै टुंगो लाग्नेछ’ ।शिक्षा विभागले अन्य निकायसंग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको कार्यवाहक राजदुत सापकोटाले जानकारी दिए । विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी