काठमाडौं – गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं.३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले गरे ।
कार्यक्रममा सभासद चौधरीले गण्डकी विकास बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउन आग्रह गर्दै बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउदा खुसी लागेको बताए ।
उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराउनु भएको थियो भने बैंकका प्रबन्धक मिलन कुमार पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
हाल बैंकले ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना, बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रदान गर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्