काठमाडौँ – गरिमा विकाश बैंकले मृतक ग्राहकको ऋण मिनाहा गरेको छ । बैंकको शाखा कार्यालय तल्लोगगन गौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३२, तल्लोगगन गौडा निवासी ४२ बर्षका जित बहादुर बिक सुनारको असामायिक मृत्यु भएकोले बैंकले स्व. सुनारको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ मिनाहा गरेको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरि स्व. सुनारकी धर्मपत्नी सुमन बिक सुनारलाई १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ बराबरको चेक हस्तन्तरण गरेको छ । बैंकले लघुबित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्