×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

१३ फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बसुन्धारा स्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षकहरुको उपस्थित रहेका थियो । 
उक्त कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पारेका थिए । यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिएको थियो । 
बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी