×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले रेमिट्यान्स बचतकर्तालाई ५०० रुपैयाँ बोनस दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंकले रेमिट्यान्स बचतकर्तालाई ५०० रुपैयाँ बोनस दिने

Artha Sarokar

२० माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप रु ५सय उपलब्ध गराउने भएको छ ।
विदेशबाट नेपालमा भित्रिईरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्धेश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो ।
श्रमका लागि विभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानु अगाडी रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले सबै बैंकिङ्गसेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्गसेवा माफर्त आफ्ना ग्राहकमाझ सेवाप्रदान गर्दै आइरहेको छ ।
बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार् आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी