
काठमाडौँ- शनिबारको दिन उद्योगी, अर्थमन्त्री, केहि अन्य मन्त्री र उद्योगीबीच भेटघाट कार्यक्रम थियो । कार्यक्रममा अर्थमन्त्री, प्रधानमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष उद्योगीहरुले बैंकको ब्याज घटाईदिन आग्रह गरे । प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिए । तर कार्यक्रमपछि भने उद्योगीहरुले गभर्नरको चुइगम चपाएको कुरालाई ‘इस्यू’ बनाए ।
यसो त कार्यक्रममा गभर्नर निरन्तर चुइगम चपाईरहेका थिए । केहि उद्योगीहरुलाई यस्तो काम असभ्य लागेछ । र त एक उद्योगीले भेटघाट सकिएपछी अर्का एक उद्योगीसँग कुरा गरिहाले, ‘गभर्नरको डिसिप्लिन त अचम्मको रहेछ । यस्तो महत्वपूर्ण भेटघाटमा चुइगम चपाएर बस्ने ।’
उनको तर्क थियो देशका अन्य मन्त्रीहरु, अर्थ मन्त्री, अझ प्रधानमन्त्री भएको कार्यक्रममा यसरी चुइगम चपाउनु, खुट्टा चढाएर बस्नु वा अस्वाभाविक रुपमा निरन्तर मुख बंग्याउनुलाई अन्तराष्ट्रिय रुपमै असभ्य मानिन्छ ।
हेरौं यो भिडियो रिपोर्ट :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्