Skip to content
LAXMI SUNRISE BANK

कैलाश विकास बैंकको नयाँ शाखा सिराहामा, कुल शाखा ८७ पुग्यो

अर्थ सरोकार

काठमाडौँ – कैलाश विकास बैंकले सिराहा जिल्लाको सिराहा बजारमा नयाँ शाखा स्थापना गरी औपचारीक कारोवार शुभारम्भ गरेको छ । उक्त नयाँ शाखाको शुभारम्भ सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले गरे ।
बैंकले हाल मुलुकभर ८७ शाखा कार्यलय, ३२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा काठमाण्डौका बिभिन्न २ स्थान तथा देशका अन्य ८ ठाँउमा नयाँ शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । 
बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, कनेक्ट आइपिएस सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK