Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको सहकार्यमा कुश्मा बजारमा सरसफाई कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ – प्रथम राष्ट्रिय मगर महोत्सवको पुर्वसन्ध्यामा कुश्मा बजारमा नगर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त सरसरफाई कार्यक्रम लायन्स कल्ब अफ पर्वत चौतारी सिसेफ ग्रुप, तथा कामना सेवा विकास बैंकको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स कल्ब अफ पर्वत चौतारिकी अध्यक्ष इश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरी महिलामिलन समुहकी अध्यक्ष राजकुमारी श्रेष्ठ,पुन युवा कल्बका अध्यक्ष कृष्ण पुन लगायतले धारण व्यक्त गरेका थिए । 
उक्त सरसफाई कार्यक्रम वडागाँउ नँया चौर देखि लोकतन्त्र चोक हुदै र्दुलुङ्गचोक शिवालय चोक हुदै वडागाँउमै गएर समापन भएको थियो ।
प्रथम राट्रिय मगर मोहत्सव लाई सफल गराउन यस कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । सरसफाई कार्यक्रममा पुन युवा कल्ब लायन्स कल्ब, सिसेफ नेपाल, सिसेफ महिला समुह सशस्त्र प्रहरी नेपाल प्रहरी तथा स्थानियको बाक्लो उपस्थिती रहेको थियो । बैंकको समाजिक उत्तरदायित्व अन्तगत यस कार्यक्रममा सहकार्य गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK