×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेशले ल्यायो जीवन साथी बीमा योजना, महिलालाई समेट्ने प्रयास

PRIME CA

लाइफ इन्स्योरेन्स कर्पोरेशले ल्यायो जीवन साथी बीमा योजना, महिलालाई समेट्ने प्रयास

अर्थ सरोकार

३ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – लाइफ इन्स्योरेन्स कर्पोरेश(एलआइसी नेपाल) लिमिटेडले जीवन साथी नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । फागुन १ गते एक समारोहका बीच बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सो बीमा योजना सार्वजनिक गरेका हुन् ।
१८ देखि ६० वर्षसम्मका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको कम्पनी सचिव विनोदकुमार भुजेलले बताए । अधिकतम बिमाङ्क सीमा बीमा अण्डरराइटिङ नियमअनुसार जतिपनि लिन सकिनेछ । यस योजनामा बीमा अवधि १० वर्षको हुने कम्पनीले जनाएको छ ।
बीमा अवधिमा बिमितको निधन भएमा बिमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिको लागि निजको श्रीमान्/ श्रीमतीलाई बीमाङ्कको अधिकतम ७५ लाखसम्म दुर्घटना लाभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध गराइने छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) एलपी दासले यस बीमा योजना मार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउँदै परिवारमा वित्तीय सुरक्षा प्रदान गर्न सकिने बताए ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष खस्तिदारले नयाँ बीमा योजनाका बारेमा प्रकाश पारेका थिए । नेपालमा प्रायः पुरुषहरुले मात्र जीवन बीमा लिने गरेको र महिलाहरुको ठूलो हिस्सा जीवन बीमाबाट बञ्चित रहने चर्चा गर्दै उनले त्यस्ता महिलाहरुलाई पनि निःशुल्क रुपमा बीमा जोखिम प्राप्त होस् भनेर कम्पनीले जीवन साथी योजना बजारमा ल्याएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: