काठमाडौँ – कुलेश्वर काठमाडौँमा प्रधान तथा बैंकिङ्ग कार्यालय रहेको मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम बिस्तारित सेवा केन्द्र थप गरको छ । बिस्तारित सेवा कार्यालय काठमाण्डौं सुन्धारास्थित जे. डि. ए. कम्प्लेक्समा एक समारोहकाबीच संस्थाका अध्यक्ष जनक बहादुर धामीको सभापतित्व एवं प्रमुख अतिथी काठमाडौँ महानगरपालिका सहकारी संस्था विभागका निर्देशक नवराज ढकालले संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटन मन्तव्य दिदैं ढकालले राज्यको सहकारी ले ‘समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न सहकारीहरुले सिमान्त परिवार सम्म आफ्नो सेवा विस्तार गरी रोजगारीको सृजना गर्नु पर्ने र सन् ६० ताका हाम्रो भन्दा कमजोर आर्थिक अवस्था रहेको गणतन्त्र कोरिया समेत हाल कृषि तथा अन्य रोजगार मुलुक व्यवसायमा ९०% भन्दा बढी सहकारीताको अवधारणा अनुरुप अगाडी बढिरहेका बताए । उनले सहकारीहरुलाई कार्यदक्षताको आधारमा एसियाली विकास फण्डबाट पुरस्कृत हुने व्यवस्था अनुरुप यस मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाट भए गरेका क्रियाकलापहरु हेर्दा उक्त संस्थाबाट पुरस्कृत हुन सक्ने गरी अझै बढि प्रभाबकारी कार्यक्रमहरु अगाडी बढाउने विश्वास समेत व्यक्त गरे ।
अध्यक्षबाट आफ्नो मन्तव्यमा कुलेश्वर र कालिमाटीका व्यापारी साथीहरु मिलि आज भन्दा १२ वर्ष अगाडी सुरु गरिएको यस संस्था आज ९ करोड बढी लगानी गर्न सफल भएको जानकारी गराउदैं, अब यस सुनधारा शाखाले न्युरोड, त्रिपुरेश्वर, टेकु , ठमेल लगाएत आसपासका क्षेत्रका व्यापारी, उद्योगीहरुमा सेवा पुर्याउने अवसरको पूर्ण सदुपयोग गर्ने बचनबद्धता व्यक्त गरे ।
कार्यक्रममा व्यापारी भवानी शङ्कर मिण्डा, सन्तोष खेताङ, रबिन्द्र अग्रवाल, सुरेन्द्र अग्रवाल, मनोज कुमार गुप्ता, राजकुमार गुप्ता, रमेश सिंहानिया, उमेश महेश्वरी, राम प्रसाद पाण्डे, वेनुघर शर्मा, ईश्वर गोपाल श्रेष्ठ, लिल बहादुर खड्का, जीवन धानुका लगायतका व्यापारीहरुको पनि उपस्थितीमा भव्य उद्घाटन कार्यक्रम सम्पन्न गरियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्