×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको नयाँ शाखा धादिङको साँध भन्ज्याङमा, गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेगा बैंकको नयाँ शाखा धादिङको साँध भन्ज्याङमा, गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले गरे उद्घाटन

Artha Sarokar

१८ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मेगा बैंक नेपालले धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका स्थित साँध भन्ज्याङमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले गरे ।
गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए । राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै वाणिज्य बैंक पुगेको थिएन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।
मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ र २३ सयभन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी