काठमाडौँ – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मनमैजु शाखाद्वारा प्रवद्र्धित खजन्ती महिला केन्द्रलाई २५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मंगलबार शाखा कार्यालय मनमैजु काठमाडौंका सुपरभाइजर कृष्ण प्रसाद उप्रेतीले सो रकम केन्द्रका प्रमुख कल्पना अधिकारीलाई हस्तान्तरण गरेका हुन् । सो रकम मन्दिर निर्माण गर्नका लागि महिला केन्द्र्र मार्फत सहयोग हस्तान्तरण गरेको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा उप्रेतीले संस्थाले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई मध्यनजर राख्दै आएको, सामाजिक विकास प्रति सचेत रहेको बताए ।
साथै, संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको सोही शाखाका शाखा प्रमुख रमिला श्रेष्ठले जानकारी दिईन् । त्यस्तै शाखाका कर्मचारी सृजना खड्काले संस्थाले ग्रामीण तथा शहरोन्मुख इलाकामा बसोबास गर्ने बिपन्न समुदायमा कार्य गर्दै आएकोले महिलाहरुको आर्थिक स्थितिमा समेत परिवर्तन आएको बताए ।
हस्तान्तरण कार्यक्रममा खजन्ती महिला केन्द्रका प्रमुख कल्पना अधिकारीले सामाजिक कार्यमा संस्थाले सहयोग गर्दै आइरहेको बताउदै महिलाहरुको क्षेत्रमा पनि बिभिन्न उत्थानका कार्यक्रमहरु संचालन गरिरहेको बताईन्
हाल संस्थाले ४८ जिल्लामा ९२ शाखा कार्यलय मार्फत वित्तीय पहुँच बिस्तार तथा साक्षरता अभिबृद्धि सहित लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्