
काठमाडौँ- सरकारले प्लाष्टिकको टयांकरमा दुध खरिद बिक्री गर्नेमाथि कडा कार्वाही गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको टयांकरमा दुध खरिद बिक्री गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको हो । सोमबार भक्तपुरको जगातीमा दुधको टयांकरहरुको अनुगमन गरेको विभागले त्यहाँ पनि प्लाष्टिकको टयांकर प्रयोग गरि दुध आयात गरिएको पाइएपछि उनीहरुलाई पनि आईन्दा त्यसो नगर्न सचेत गराएको छ । विभागको निर्देशिका विपरित प्लाष्टिकको टयांकरमा दुध ल्याएको पाइएपछि त्यस्तो काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिइएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिएका छन् ।
विभागले मानव स्वास्थ्य प्रतिकूल हुने भएकाले प्लाष्टिकको टयांकरमा दुध बोक्न नहुने निर्देशिका जारी गरेको छ । तर जगाती चेकपोष्टमा सोमबार गरिएको अनुगमनमा दुध प्लाष्टिकको टयांकरमा पनि ल्याइएको पाइएपछि विभागले कडा कार्वाही गर्ने चेतावनी दिएको हो । सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत मोवाईल भ्यान प्रयोग गरी खाद्य बस्तुहरुको अनुगमनको कामलाई तीव्रता दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्