Skip to content
LAXMI SUNRISE BANK

शाखा बिस्तारमा आक्रामक बन्दै मुक्तिनाथ विकास बैंक, एकैसाथ तिन नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं – मुक्तिनाथ विकास बैंकले कास्की जिल्लाको अमरसिङ्ग, जिरो कि.मी, लामाचौर गरी आफ्ना तिन शाखा कार्यालय विस्तार गरेको छ ।
अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मनबहादुर गुरुङ्गले गरेका हुन् । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको लागि प्रोत्साहन गरे ।
जिरो कि.मी शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
लामाचौर शाखाको उद्घाटन पोखरा महानगरपालिका वडा नं १६का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामीदिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान सहयोग पुग्ने बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK