काठमाडौँ – नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि.को केन्द्रिय कार्यलय धुलिखेलले माघ १८ र १९ गते शाखा कार्यालय बर्दिबासमा आर्थिक बर्ष २०७५/०७६ को अर्ध बार्षिक समिक्षा एवम् भावी कार्यक्रम तथा रणनीति सम्बन्धि दुई दिने गोष्ठी संगसंगै लघुवित्त कार्यक्रम संचालन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले गोष्ठिको सभापतित्व गर्दै शाखा प्रबन्धकहरुले संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्यूनिकरण तथा संस्थाको व्यवसायिक दायरालाई फराकिलो पार्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा,संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणात्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष ध्यान पुयाई कार्य गर्न सुझाव दिनुभएको थिए। उक्त कार्यक्रममा २१ वटा शाख कार्यालयका प्रमुखहरुले आफ्नो साखाको प्रगती बिबरण र बजेटको अवस्था बारे प्रस्तुतिकरण दिनुका साथै शाखा सँचालनमा भएका कमि कमजोरी, अबसर, चुनौतीहरु, समस्या र समाधानका उपाय लगायत लक्ष्य र प्रगतीको अबस्थाबारे छलफल तथा अन्तरक्रिया गरेका थिए ।
दुई दिनसम्म चलेको उक्त कार्यक्रममा मानव संसाधन विभागका दिलेन्द्र बस्नेत, आलेप तथा अनुगमन विभागका सुमन घिमिरे र आशिस प्रधानले प्रदेश नं.१,२ र ३ का २१ वटा शाखाका ६० जना कर्मचारीहरुलाई लघुवित्त कार्यक्रम संचालन, धितो कर्जा, लेखा ब्यबस्थापन र रिपोर्टिंग सम्बन्धि तालिम दिनुभएको थियो भने कार्यालय प्रमुखहरुलाई संस्थाले क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ जोखिम व्यवस्थापन, भाखा नाघेको कर्जा न्युनिकरण, तनाब व्यबस्थापन, आन्तरिक लेखा परिक्षणले औल्याएको कैफियत सुधार, नेतृत्व विकास, कर्जा र निक्षेप वृद्धि सम्बन्धि तालिम दिएको हो । साथै संस्थाका उप महाप्रबन्धक दुर्गा न्यौपानेले तालिमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि र नतिजामा पनि केही परिवर्तन आउने अपेक्षा ब्यक्त गर्नुभएको छ । अवको दिनमा लघु वित्तीय सेवालाई अझ प्रभाकारी ढङ्गका साथ अगाडी बढाउने कुरामा सम्पुर्ण कर्मचारीहरुले प्रतिबद्दता जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्