काठमाडौँ – नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालीका वडा नं. १५ मधवलियामा नयाँ शाखा स्थापना गरी आज बैंकिङ कारोबार शुभारम्भ गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले गरे ।
बैंक सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेको अध्यक्षता, नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको स्वागत मन्तव्य राखेका थिए । उक्त समुद्घाटन समारोहमा पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनाथ लम्साल, तिलोत्तमा उधोग वाणिज्य संघ वाणिज्य तर्फका उपाध्यक्ष हरीलाल पाण्डे र बैंकका सञ्चालक हिरामणी अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त समारोहमा मन्तव्य राख्दै नगर प्रमुख घिमिरेले पैसालाई अनुत्पादक रुपमा नराखी बचतको रुपमा बैंङ्गिक प्रणालीमा जम्मा गर्न र कर्जा लिई व्यवसाय गर्ने कार्यमा नडराउन आग्रह गर्दै सबै नगरवासीले यसो गरेमा समृद्घिको यात्रालाई सहयोग पुग्ने विचार व्यक्त गरे ।
बैंकका अध्यक्षले बैंक तथा वित्तीय संस्थाको उपस्थिती नरहेकोले बैंकिङ पहुंच विस्तार गर्ने उद्देश्यका साथ मधवलियामा नयां शाखा स्थापना गरिएको धारणा राख्दै बैंकवाट प्रवाह हुने छिटोछरिटो र सर्वसुलव बैंकिङ्ग तथा वित्तीय सेवाहरुको लाभ लिन स्थानीयहरुलाई अपिल गरे ।
बैंकले आफ्ना स्थापीत शाखा कार्यलयहरु मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै हाएको छ । साथै रुपन्देही जिल्लाको वुटवल–८, सुख्खानगरमा थप नयाँ शाखा सिघ्र संचालनको क्रममा रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्