Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशियाको नयाँ शाखा पर्वतको वारीवेनीमा, गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंक लि.को नयाँ शाखा पर्वत स्थित जलजला गाउँपालिका वडा नं.३, वारीवेनीमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लबाट एक भव्य समारोहकाबीच सम्पन्न भयो । मिति २०७५ वेशाख १९ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK