काठमाडौं – एनआई सी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघ महासंघका प्रतिनिधिहरूले गरेको सिफारिसका १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने भएको छ । महासंघले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा व्यक्तिलाई कर्जा रू. २ लाखदेखि रू.१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफल एनआईसी एशियाले साना तथा मझ्यौला व्यवसायमा लगानी विस्तार गर्ने रणनीति अनुसार महासंघसँग साझेदारी गरेको जनाएको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील कर्जा’ योजना ल्याएको छ ।
यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ । साथै, महिलाहरुलाई उद्यमी बनाउन पनि मद्दत गर्ने बैंकको विश्वास छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्