×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सको ३ नयाँ शाखा सञ्चालकमा, अध्यक्ष घिमिरेले गरे उद्घाटन

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा कार्यालयहरु एकैसाथ उद्घाटन भएका छन् । नेपालगञ्ज, घोराही र बुटवलमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएका छन् । उक्त तीनवटै शाखा कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरे गरेका हुन् ।
अध्यक्ष घिमिरेले शाखा विस्तारको क्रममा रहेको र जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालमा शाखा विस्तार गर्ने क्रममा बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाई र श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिशरण चौलागाईकोे उपस्थिति रहेको थियो ।
समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जीवन बीमालाई गाँउसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका थिए ।
दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६०करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: