काठमाडौँ – विश्वप्रसिद्ध  सटिङ्ग सुटिङ्ग ब्राण्ड Raymondले नेपालमा  आफ्नो छैटौं शोरुम ललितपुरको जावलाखेलमा आज एक कार्यक्रमका विच शुभारम्भ गरेको छ । 
नयाँ शोरुममा  टेलरिङ्ग सेवा बाहेक रेयमण्ड  ब्राण्डका सर्ट, टाइ, इनर वेयर  जस्ता सामाग्रीहरु उपलब्ध छ । त्यसै गरि यस शोरुम ग्राहकले आफ्नो इच्छा र चाहाना अनुसार  रु.८, ४९९ देखि रु. ५ लाख सम्म पर्ने च्बथmयलम को सुटहरु खरिद गर्न सक्नु हुनेछ । 
यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका  साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने ( पराबैजनी किरणले ) अत्याधुनिक बिशेषताहरुले  गुणस्तरिय भएको सोरुमले जनाएको छ । 
यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि , महेर , आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका च्बथmयलम का उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दा स्तरिय , उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेयमनले जनाएको छ । 
सटिङ्गसुटिङ्गमा साथै रेयमेयण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री  मेरीनो उल्लबाट ल्याइन्छ भने  उल्ल मार्क कम्पनीबाट यसले गुणस्तर  चिन्ह प्राप्त  गरेको छ । 
रेयमण्डका अध्यक्ष संजय अधिकारी आफ्नो ब्राण्डका पहिरनमा  गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित  मूल्य भएको बताउनु हुन्छ । त्यसैले उपभोक्ताहरुलाई उहाँ यस ब्राण्डको प्रायोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेयमण्ड खरिद गर्न सक्ने बताए । 
नेपालको पुतली सडकमा रेयमण्ड ब्राण्डको आधिकारीक शोरुम  पहिलो  पटक सन १९९९ मा संचालनमा आएको हो ।  जाउलाखेलमा नयाँ खोलिएकोे आउटलेट सहित रेयमण्डका  ब्राण्र्डहरु  देशका  विभिन्न पाँच स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर र नारायण घाटमा  रहेका छन् । साथै यसले दृशका विभिन्न शहरहरुमा आफ्ना ब्राण्डहरु शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ । 





						







