×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगी विकास बैंकले लोहिआ कम्पनीका तीन चक्के सवारीमा कर्जा उपलब्ध गराउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहयोगी विकास बैंकले लोहिआ कम्पनीका तीन चक्के सवारीमा कर्जा उपलब्ध गराउने

Artha Sarokar

२७ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सहयोगी विकास बैंकले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा बैंकले बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग सम्झौता गरिसकेको जनाएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.को तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरेका छन् । 
सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी दिने भएको हो । कर्जा लिदा ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा पाउन सक्ने बैंकले जनाएको छ । 
कर्जा अवधि तीन बर्षसम्म रहने छ भने लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता कम्पनी बाबा अटोमाटा ट्रेडिङ्गले सघाउने सहमति भएको बैंकले जनाएको छ । त्यसका लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्ने सम्झौतामा उल्लेख छ । 
कर्जाका लागि बाबा अटोमाटाले जमानत स्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्ने छ भने उक्त खाता बैंकले जमानतस्वरुप रोक्का राख्ने सम्झौता भएको छ । कुनै ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत सम्झौतामा उल्लेख छ ।
कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटालाई आदेश दिनेछ । यो सम्झौता २०७७ पुष ३० गते सम्म लागू हुने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी