×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शालीनदी मेला घुमिसकेपछि युवा-युवतीको च्वाइस : सस्तो बदाम, पीरो पाउँ, मिठो खुवा र स्वादिलो कुराउनी (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

शालीनदी मेला घुमिसकेपछि युवा-युवतीको च्वाइस : सस्तो बदाम, पीरो पाउँ, मिठो खुवा र स्वादिलो कुराउनी (फोटो-कथा)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- स्वस्थानी ब्रत अवधिभर साँखुको शालीनदीमा भक्तजनहरुको भीड छ । अझ शनिबार, सोमबार र बिदाको दिन त शालीनदीमा भीड थामीनसक्नु नै हुन्छ । बुढाबुढीदेखि युवायुवतीसम्मले शालीनदी दर्शन गरेका छन् । विदाको दिन त दिनमै पचासौं हजार भक्तजन ओर्लिएका छन् शालीनदी परिसरमा ।
‘शालीनदी दर्शन गरिसकेछि, वा घुमिसकेपछि के खाने ?’ 
युवा युवतीहरुमा उठ्ने स्वाभाविक प्रश्न हो यो । तीर्थाटनमा आएकाले अन्य खाने कुरा भन्दा पनि खुवा र कुराउनीमा धेरै आकर्षित भएका छन् । यसै पनि छानी-छानी विभिन्न खाले खुवा र कुराउनी विक्री भइरहेको छ शालीनदी परिसरमा । चाखेर नै किन्न पाइने हुनाले पनि थप सहजता भएको छ भक्तजनहरुलाई । शालीनदी परिसरभर खुवा र कुराउनीको माग र सप्लाई दुवै बढेको छ यतिबेला ।
विशेषगरी युवा युवतीका लागि अर्को रोजाईको मेनु बनेको छ पीरो पाउँ र तितौरा । शालीनदीमा यसको पनि खुब माग छ यतिबेला । त्यसमा पनि युवतीहरुको रोजाईको खाने कुरा हो यो । शालीनदीमा पनि यसको व्यापार अहिले ह्वात्तै बढेको छ । बदाम शालीनदीमा पाइने अर्को सस्तो चीज हो । १०० रुपैयाँमै ३ माना बदाम सजिलै पाइन्छ । केहि बार्गेनिङ गर्यो भने ९० रुपैयाँसम्म दिन माना बदाम पाइन्छ । यसको अर्थ मानाको जम्मा ३ रुपैयाँमा निकै राम्रो बदाम पाइन्छ । यो पनि धेरैको रोजाई बनेको छ । 
महँगो खाना /नास्तामा कम रुची, सस्तो खाना कहाँ पाइन्छ ?
शालीनदी परिसरमा समोसा, सेल, रोटी, तरकारी, पाल्पुवा र खाना नै सेट उपलब्ध छ । तर यी सबै खाने कुरा महंगा छन् । शालीनदी परिसरमा समोसा, रोटी, तरकारी लगायतका खाने कुरा निकै महँगो छ भने खाना सेटपनि निकै महँगो छ । यहि कारण पनि शालीनदी भन्दा केहि वर आएर खाना खानेहरु बढेका छन् । शालीनदी परिसरमा भन्दा केहि वर खाना निकै सस्तो पाइन्छ । यहि भएर पनि अन्य ‘काटाककुटुक’ खानेकुराहरुमा भक्तजनको ध्यान गएको देखिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: