काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले एटिएमको औपचारिक शुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको सौ. फर्साकिटरमा शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाँउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले उद्घाटन गरेका थिए । उक्त शाखाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले प्रत्येक नागरिकलाई समृद्धिको अभियानमा सहभागी गराउन बैंकले अघि सारेको एक घर एक खाता अभियान सार्थक हुने बताए ।
डस्थानीय जेष्ठ नागरिकहरु ९४ वर्षीय हरीप्रसाद अधिकारी, ९३ बर्षीय एकदेव गौतम, ८५ वर्षीय चिनक यादव र ८४ वर्षीय रनबहादुर बिक.लाई बैंकको बचत खाता खोली चेक हस्तान्तरण गरी कदर पत्र र दोसल्ला ओढ्याई सम्मान गरेको थियो भने स्थानीय आमा समुहहरु राधाकृष्ण आमा समुहका अध्यक्ष देबी सापकोटा, मनकामना आमा समुहका अध्यक्ष गोमता न्युरे, बेधानी आमा समुहका अध्यक्ष सीता ढकाल, जुगडीहवा आमा समुहका अध्यक्ष रुक्मिणी थारु, नवदुर्गा आमा समुहका अध्यक्ष गुनेश्वरी थारु, जनकपुर आमा समुहका अध्यक्ष रोमा क्षेत्री, शान्ति आमा समुहका अध्यक्ष शुभद्रा रेग्मी, पश्चिम मैनहिया आमा समुहका अध्यक्ष शुशिला थारु, पुर्व मैनहिया आमा समुहका अध्यक्ष पार्वती थापा र फर्साटिकर आमा समुहका अध्यक्ष राजेश्वरी सिंहलाई सम्मान गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्वसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराउँदै स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा रु. १ अर्व ६२ करोड चुक्ता पुजी, रु. १६ अर्व ७० करोड निक्षेप, रु. १५ अर्व ७० करोड कर्जा र २ लाख ग्राहक भएको प्रदेश नं. ५ को सबैभन्दा ठुलो विकास बैकका रुपमा स्थापित भएको जानकारी दिए । आर्थिक समृद्धिका लागि सरकारले अघि सारेका अनुदानका कार्यक्रम स्थानीय वडा कार्यालयसंगको समन्वयमा किसान तथा उद्यमीका घर घरमा पुर्याउने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्