काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले ११ औं बर्ष प्रवेशकोे अवसरमा सडक दुर्घटना न्युनिकरण गर्न ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई सडक स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच बैकका सस्थापक अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक मोहन चापागाई, सस्थापक सञ्चालक श्रीकृष्ण पोखरेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दलाई स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नारा अवलम्वन गरेको बैकले स्थानीय क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भनि दुर्घटना न्युनिकरणका लागि स्पीड ब्रेकर हस्तान्तरण गरेको कुरा व्यक्त गरे । उनले बैक समाजको सुख दुखको साथी भएकाले समाजको उन्नति र बिकासका हरेक गतिबिधिमा संगै अघि बढने बताए ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक चन्दले बुटवल भैरहवा सडक ६ लेण्डको सडक भएपनि सबै ठाउमा आकाशेपुल नभएकाले ठाउँ ठाउँमा जेब्रा क्रसिङ राख्दा दुर्घटना भईरहेकाले यस्ता स्पीड ब्रेकर दुर्घटना न्युनिकरणका लागि पहिलो उपाय भएको बताए । उनले ६ लेण्डको सडक भएपनि सडक पार गर्दा जेब्रा क्रसिङ्गको प्रयोग गर्न र सवारी चालकले पनि जेब्रा क्रसिङमा यात्रुलाई प्राथमिकता दिन आग्रह समेत गरे । प्रहरी उपरीक्षक चन्दले बुटवलको कालिकानगर क्षेत्रमा मासिक पाच छ वटा दुर्घटना भई रहेको उल्लेख गर्दै स्पीड ब्रेकर राखेपछी त्यस्ता दुर्घटना न्युनिकरण हुने बताए ।
स्थानीय समाजसेबि तथा पुर्व वडाअध्यक्ष होम बहादुर गलामीले कालिकानगर क्षेत्रमा दुर्घटना बढेपछी सहयोगीहरु खोजी भइरहेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले आफै सडक स्पीड ब्रेकर व्यवस्थापनका लागि सहयोग गरेकोमा स्थानीयका तर्फबाट आभार व्यक्त गरे । स्थानीय अम्विका पराजुलीले आफनै आखाँ अगाडी दुर्घटना हुदा कसरी रोक्ने भन्ने चिन्ता भइरहदा बैकले सडक स्पीड ब्रेकर राखेर स्थानीयको मन जितेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्