×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना, ५०० वा सो भन्दा बढिको कारोबार गर्दा १०० रुपैयाँ नगद फिर्ता पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना, ५०० वा सो भन्दा बढिको कारोबार गर्दा १०० रुपैयाँ नगद फिर्ता पाउने

२० माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिद्धार्थ बैंकले आफ्नो भिसाकार्ड बाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक रु. ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले रु. १०० नगद क्यास ब्याक पाउनुहुनेछ । त्यस्तै ती अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका International Prepaid Card, Debit Card / Credit Card x? ‘Verified by Visa’ नामक 2 Factor Authentication प्रणालीमा प्रयोग गर्न सकिन्छ । 
यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरुको रजिस्टर्ड मोबाइल तथा इमेल आईडीमा OTP (वान टाइम पासवोर्ड) आउँछ र उक्तOTP भेरिफाइ भएपछि मात्र कारोबार सफल हुन्छ । International Prepaid Card प्रयोग गरी ग्राहकहरुले भारतिय मुद्रा बाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सक्नुहुनेछ भने Debit Card / Credit Card प्रयोग गरी नेपाली (NPR) र भारतिय (INR) मुद्राहरुमा अनलाइन कारोबार गर्न सक्नुहुनेछ । यस सुविधा सँगै बैंकका ग्राहकहरुले अनलाइन किनमेल, होटल बुकिङ्ग, एयरलाइन टिकेटिङ्ग, आदि जस्ता विभिन्न कार्यहरु सजिलै र सुरक्षित ढंगले गर्न सक्नुहुनेछ । 
सिद्धार्थ बैंककोे हाल देशभर १३७ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १४७ ATM र १,२०० भन्दा बढी POS मेसिन संचालनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी