×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहाको लहानमा सनराइज बैंकको शाखा स्थानान्तरण, कुल शाखा १०२ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिरहाको लहानमा सनराइज बैंकको शाखा स्थानान्तरण, कुल शाखा १०२ पुग्यो

Artha Sarokar

२१ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ ।
शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरेका थिए । उक्त कार्याक्रमको उद्घाटन पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा बैंकका नायव महा प्रबन्धक अपछकुमार यादव लगाएत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सनराइज बैंकका मुलुक भरि १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी