काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाको आयोजनामा चैत्र २ र ३ गते पर्वत कुश्मा बजारमा बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी, अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दीपक पोखरेलले बाली तथा पशुपंक्षी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए । तालिममा ५० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख हरि सुवेदीले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्