
काठमाडौं – एसियन लाईफ इन्स्यारेन्स कम्पनीले मृत्यु दावी भुक्तानी बापत ३ लाख ८५ हजार रुपैयाँ मृतकका हकदारलाई भुक्तानी गरेको छ । कम्पनीले ललितपुर टिकाथली–३ का सानुकाजी श्रेष्ठको हृदयघातबाट मृत्यु पश्चात निजले जीवन बीमा बापतको रकम मृतकका हकदार जमुना श्रेष्ठलाई दावी भुक्तानी बापत सो रकम प्रदान गरेको हो ।
एसियन लाईफ इन्स्यारेन्स कम्पनीको जावलाखेलस्थित शाखा कार्यालयकी प्रबन्धक कौशिला कँडेलले एक कार्यक्रमका बीच दावी रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । चार वर्ष पहिले ३ लाख रुपैयाँको जीवन बीमा गरेका श्रेष्ठको गत पुस २३ गते हृदयघातबाट निधन भएको थियो । कम्पनीले मृतकका हकदारलाई पन्ध्र बर्षे बीमाको नियम अनुसार सो रकम भुक्तानी दिएको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रबन्धक कँडेलले जीवन बीमाले आश्रित परिवारलाई जीवनको नयाँ मार्ग खोज्न हौसला प्रदान गर्ने राहत दिने बताउँदै बीमा बचत गर्ने बानी समेत भएको प्रष्ट पारिन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्