Skip to content
LAXMI SUNRISE BANK

‘बाह्य लगानी घट्यो’, व्यापार घाटा बढ्यो… त्यसैले यो सरकार पूर्ण रुपमा असफल भयो’ : डा. बाबुराम भट्टराई (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको बताउनु भएको हो । 
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दावी पनि गर्नु भयो । संयोजक भट्टराईले जनताको अपेक्षा अनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको पनि बताउनु भयो । संयोजक भट्टराईले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको पनि दोहो¥याउनु भयो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK