काठमाडौँ – बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजनाअन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किनेपछि जित्ने होइन जितेपछि किन्ने’ नारासहित नयाँ वर्षको योजना सुरु गरेको हो ।
बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउँदै आइरहेको छ । यस पटक बजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृत्तिभन्दा केही भिन्न प्रकारको अफर ल्याएको छ । पहिले, ग्राहकहरुले केही सामान खरिदपश्चात् मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नुभन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिदपश्चात् फेरि छुट पाउनेछन् ।
उल्टो अफर योजनाअन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै एक लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि एक लाखसम्म नगद जित्न सक्छन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् । यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले यस नयाँ वर्ष २०७६ को अवसरमा ‘बजाज उल्टो अफर’ ल्याएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्