×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स विशेष बचत खाता’ योजना, यस्ता छन् विशेषता

PRIME CA

सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स विशेष बचत खाता’ योजना, यस्ता छन् विशेषता

२३ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ ।
फागुन २२ गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधापनि प्राप्त गर्न सक्ने छन् ।
१ सय रुपैयाँ मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताको लागि फलदायी हुने बैंकले विश्वास लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याज दर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याज दर प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति एक लाख सम्मको स्वास्थ्य बीमा(अस्पताल भर्ना खर्च) र सात लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुनआउने रकमको दाबीभुक्तानीगर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: